• Biratnagar, Morang, Nepal

रीता न्यौपाने : संघर्ष, समर्पण र परिवर्तनको प्रतीक

एक शिक्षिका, समाजसेवी, निर्भीक राजनीतिकर्मी र नारी सशक्तिकरणको प्रेरणादायी पात्र, जसले आफ्ना सपनालाई मात्र होइन, अरूको जीवन उज्यालो बनाउन जीवन अर्पण गरेकी छन्।

बाल्यकालदेखि संघर्षको यात्रा

भोजपुरको हरियाली डाँडामध्ये जन्मेकी रीता, परिवारको चौथो सन्तान थिइन्। साधारण जीवन बिताउने उनका बुबा–आमाले छोराछोरीको भविष्य उज्यालो बनाउन निरन्तर संघर्ष गर्नुभयो।
जीवनको कठिनाइमा पनि अध्ययनलाई पहिलो प्राथमिकतामा राख्ने वातावरणले रीतालाई संवेदनशील र आत्मनिर्भर बनायो।

परिवार मोरङ बसाई सरेपछि कठिन दिन सुरु भए। खानपिन, लुगाफाटा, पढाइको खर्च– सबै कुरामा अभाव थियो। तर अभावलाई उनले अवसरमा बदलिन्। अरूका पुराना लुगामा र दैनिकीका चुनौतीबीच पनि पढाइलाई निरन्तरता दिइन्।

शिक्षा र आत्मनिर्भरता

साधारण विद्यालयबाट प्रारम्भ गरेको शिक्षा यात्राले उनलाई विराटनगर हुँदै काठमाडौंसम्म पुर्यायो। कठिनाइबीच पनि उनले आफू मात्र होइन, अरूलाई पनि उज्यालो दिने बाटो रोजिन्।
शिक्षकको रुपमा उनले थुप्रै विद्यार्थीलाई प्रेरित गरिन्। उनका लागि पढाइ केवल प्रमाणपत्र लिनका लागि नभई, समाज रूपान्तरणको बाटो थियो।

विदेशको अवसर अस्वीकार, देशमै योगदान

रीता नेउपानेलाई संयुक्त राष्ट्रसंघ (UN) लगायतका अन्तर्राष्ट्रिय अवसरहरू खुलेका थिए। तर उनले स्पष्ट भनिन्—
"हाम्रो पसिना हाम्रो देशमै झर्नुपर्छ। अरूको देशमा होइन।"
यही आत्मसम्मान र देशप्रतिको समर्पणले उनलाई युवाहरूको लागि आदर्श बनायो।

स्मृति स्कुल : सपनाबाट वास्तविकता

बिक्रम सम्वत २०१९ मा जम्मा पाँच हजार रुपैयाँ र टाटीको भेराबाट सुरु भएको उनको सपना स्मृति स्कुल को रुप लिन पुग्यो।
आज त्यही विद्यालयमा सयौँ विद्यार्थी निःशुल्क शिक्षाबाट लाभान्वित भइरहेका छन्। रीताले आफ्नो सन्तान मात्र होइन, हरेक बालबालिकालाई उज्ज्वल भविष्य दिने आकांक्षामा यो विद्यालय स्थापना गरिन्।

समाजसेवा र नेतृत्व

शैक्षिक यात्रा मात्र होइन, रीता समाजसेवामा पनि त्यत्तिकै सक्रिय रहिन्।

  • २००४ मा उनले तांकी सिन्वारे JCI स्थापना गरिन्।

  • २०१1 मा राष्ट्रिय उपाध्यक्ष र २०१५ मा नेपाल JCI की राष्ट्रिय कार्यकारी उपाध्यक्ष बनिन्।
    यस भूमिकाले उनको नेतृत्व क्षमतालाई थप निखारेको छ।

त्यो यात्राले उनलाई अनुशासन, सामूहिकता, विपत्तिमा सहयोग र नेतृत्वदायी आत्मबल सिकायो

महिला सशक्तिकरण र दर्शन

रीता नेउपानेको जीवनले देखाउँछ—

  • महिला भएर पनि समाज परिवर्तन गर्न सकिन्छ।

  • शिक्षा र आत्मनिर्भरता नै सशक्तिकरणको आधार हो।

  • परिवर्तन आफैंबाट सुरु हुन्छ।

उनले बारम्बार भनिन्—
"समाजलाई बदल्न चाहिन्छ भने, आँखा बन्द गरेर होइन, आँखा खोल्दै, सही बाटोमा लाग्नुपर्छ।"

 

Download MP3