" परिचय "
धेरै जसो जीवनहरु समयसँगै बग्छन, तर केहि जीवनहरु समयलाई नै मेडिदिन्छन, एक उज्यालो दिप जस्तै जसले आफू जलेर अरुका सपना उज्यालो वनाउँछन, त्यस्तै विरल मान्छेको सुचीमा अंकित नाम हो रीता न्यौपाने, जो एक कुषल व्यवस्थापक, शिक्षक, निर्भिक समाजसेवी, अडिग राजनीतिज्ञ र नारी सशक्तिकरण को जीवीत प्रतिक हुन । सपनाहरु धेरैले देख्छन तर आफ्ना सपना अरुको जीवनमा साकार पार्न सक्ने थोरै मात्र हुन्छन त्यसतै थोरै मध्ये एक हुन रीता न्यौपाने जो जीवन आफ्ना लागि जिएर अन्त्य गर्ने होइन बरु अरुका सपना पुरा गर्न आफूलाई अमर वनाउन चाहान्छिन्, आफैलाई मेटाएर हजारौं जीवनमा उज्यालो लेख्न सधै समर्पित छिन । उनको मुटु शिक्षको मन्दिर स्पन्दन सेवा र समपर्णको मिश्रण हो । आफूले देखेका सपना साकार पार्न जीवनलाई पिडावाट प्रेरणातिर, संघर्षवाट सेवातिर अनि अभाववाट अभियानतिर रुपान्तरण गर्ने खुवी भएकी शशक्त महिला हुन -रीता न्यौपाने भोजपुरको हरियाली डाँडामाझ गोगनोमा आमा कविता र बुवा चुडामणी न्यौपानेको चौथो सन्तानको रुपमा यस धर्तीमा आखाँ खोलेकी रीता बुवाआमाकी आखाँको नानी, दाजु-दिदीको आस्था. भाइहरुको प्रेरणा. भदाहा भदैनीको सान र साथीसँगीको अडेश लाग्ने भरपर्दो कांध हुन । त्यति मात्र होइन समयसँगै ती भोजपुरे नानी आज समाजको आस्था, विद्यार्थीहरुको आमा र जनताको भरोषायोग्य छोरी बन्दैछिन ।
भोजपुरमा रहँदा सहज र सरल जीवनयापन गरिरहेको परिवार छोराछोरीको शिक्षा पछि पर्दै गएको आभाष गरेकी आमाले छोराछोरीको भविश्यको चिन्तालाई पारलाउन मोरङ्गको टंकिसिनवारी झर्ने प्रणय गरी २०४३ सालमा न्यौपानेको परिवार वसाई सर्यो। त्यो बसाँइले नयाँ संघर्षको अध्याय शुरुवात गरायो । खानपिन, लुगाफाटा, पढाइ खर्च आदि सवै कुरामा अभावले धेर्न शुरु गर्यो । आमाले अरुका जडेउरी मागेर ल्याएका पुराना लुगा, मदेशमा पनि गहुँ मकैको ढिढोमा गुजारेका संकटकालिन दिनहरु गुजारेकी रीताको संघर्षको त्यो यात्रा आज अउको आत्मवल, प्रेरणा र सफलता स्वरूप जहाँ जे चाहिन्छ, त्यो जुटाउन सक्ने दिनमा ल्याउन सफल भएकी छिन ।
(गोगने) भोजपुरकै विद्येश्वर माविवाट कक्षा २ सम्मको पढाइ शुरुवात गरेको रीताले नरग्राममा आएर एकै दिनमा सकिने ५० पैसाको आठ पाने कापी, कलम किताब किन्न नहुँदा अरुको भरमा पढेको रीताले टंकिसिनवारी स्थित नरग्राम मा.वि. महेन्द्र मोरङ्ग क्याम्पस विराटनगर हुँदै रत्न राज्य क्याम्पस काठमाडौवाट अंग्रेजी विषयमा स्नाकोत्तर तहसम्मको अध्ययन सक्दासम्म उनले किताब मात्र होइन जीवन पढिन जसले उनलाई भित्रवाट विचारशील, आत्मनिभर उद्देश्यप्रति समर्पित, अरुको अध्यारो हटाएर उज्यालो बनाउने आन्दोलनकारी महिलाको सासक, युवाको मार्गदर्शक, समाजको प्रेरणा र आस्था वन्न सक्ने बनायो ।
उनी तीनै सन्तानका लागि आफू सपनाहरु राप्दै छिन ।
आफ्नो सिरानी छिनेर सन्तानका पाठशाला बनाउने रीता,
भोकै छोपेर पनि तिनलाई भविश्य दिन चाहान्छिन ।
यु.एनको जागिरको रुपमा समेत गरी कयौं पटक विदेश जाने अवसर आएपनि आफूले देखेका सपना आफ्नै देशमा पुरा गर्ने, अरुको देशमा आफ्नो श्रम नवेच्ने कसम आफूले मात्र खाइनन युवाहरुलाई “हाम्रो देशमै हाम्रा पसिना खस्नुपर्छ, अरुको छानो हेरेर आफ्नो आकास भुल्न भन्दा देशमा दुःख छ तर सपना पनि यहि छन, हिम्मत गर. यहि केहि गर” भन्ने प्रेरणा बाड्दै गर्दा २०५९ सालमा जम्मा रु ५००० र टाटीको बेरा रुपी स्मृति स्कूललाई आज ५ करोड भन्दा माथि रुपान्तरित गरि ५७ वाट शुरु भएको विद्याथीलाई ९०० को हारहारीमा पुर्याउने न्यौपानले आफ्नो जीवन नै विद्यार्थी- जसलाई उनी आफ्ना सपनाहरु पुरा गर्ने उत्तराधिकारी मान्दछिन । हिजो गरिवीका सिमाना, वाध्यताका भित्ताहरु, दुःख र आँसु पिडादायक यर्थात भोगेकी उनी स्थापना वर्ष देखि नै पढ्न चाहाना भएर पढ्न नपाउनेका निम्ति एक मिसाइल वनेकी छन, हालै पनि उनले ९३ जना विद्यार्थी निःशुल्क पढाउँछिन । विद्यार्थीलाई सन्तान भनेर सम्बोधन गर्ने उनले आफूलाई अफ्ट्यारो परोस केहि छैन, उनले थाहा पाएर अरुलाई अफ्ट्यारो पर्नु भएन। आफू जलेर पनि अरुकै सपना वनाउन लाग्ने न्यौपाने कहिल्यै थाक्दिनन, थकानभन्दा ठूलो कर्तव्यवोध उनि कहिल्यै रुदिनन- आसुभन्दा ठूलो समपर्ण मान्दिन । आफ्नो जीवन अरुको उज्यालो बनाउन अर्पण गरेकीन्यौपानेजहाँ पाइला पर्छन, त्यहाँ प्रेरणा पलाउँछ, सपना देख्न नसक्नेलाई सपना बुन्न सिकाउने, हजारैका आँखमा आशा. मनमा सम्मान र पाइला उज्यालो बनाइरहने जीवीत उदाहरण हुन रीता न्यौपाने ।
वाल्यकालदेखि नै स्पष्ट, इमानदार, स्वाभिमानी, निडर अनि जिद्धी, आँटी स्वभाव भएकी उनी आर्थिक अभाव, समाजका सिमारेखा, नारीप्रति गरिने अन्धविश्वसका पर्खालहरु भत्काउदै गलत गर्ने भगवान नै भएइनि गलत भन्छु भन्ने कुरामा जोडदिइन । पढाइको गहिरो अडान, संघर्ष, अपहेलना, तिरस्कार गरीवीको गहिरो भुमिवाट टुसाएको न्यौपानेको शालिन विद्रोहले सम्मानको संकुचित सोच हटाएर समपर्ण र साहसको पाना लेखको छ ।
न्यौपानेको सामाजिक सक्रियता अझै लाभलाग्दो छ औपचारिकतामा नलागेर मनमुटु देखि देखि लागिपर्न र परिवर्तन स्याइछोड्ने उनको त्यो अद्वितिय स्वभावकै कारण जुनियरहरु वोल्ने आँट गर्छन् सिनियरहरू भरोषा राख्छन अनि समकक्षीले विनाआड संलग्नता जनाउछन सन २२०४ का संस्थापक सदस्य भएर टंकिसिनवारी जेसीजको सदस्य भएर प्रवेश गरेकी उनी २०११ मा अध्यक्ष, २०१२ मा राष्ट्रिय उपाध्यक्ष र २०१५ म राष्ट्रिय कार्यकारीणी उपन्यन बनिन । जेसीजमा गरेको नेतृत्वले उनि भित्रको दायित्वबोधलाइ अझ चौडा, शशक्त, कन्फिडेन्ट बनायो परिवर्तनका लागि हाम्रो अभियानले इमानदारी, देशप्रेमी र सामाजिक जिम्मेवारीका, पाठ सिकायो, प्यावसनसंगको संलगनताले शैक्षिक मार्गदर्शन, डोरीनानले टिमवर्क अनुसासन र रेडक्रसले विपतीमा आउने सहयोगी भावना, मानविय कार्य प्रति अग्रसरता हुन सिकायो ।
कुनै पनि सुभिकामा उनी सहभसहभागि मात्र हुने होइनन समाजले पाएका घाउमा मल्हम लगाउने, आफ्नो आँखामा आँसु हुदाँ पनि अरुको अनुहारमा मुस्कान देख्न चाहाने, नेतृत्वदायी प्रेरणादायी र निष्कलंक सेवामा समर्पित उनी मुटुमा साहस, आँखामा आँट र छातीमा समर्पण वोकेकी असीम सम्भावनाकी शिखर हा जो जहाँ जान्छिन विश्वास फुल्छ, जुन कुरामा लाग्छिन त्यहाँ परिवर्तन अंकुराउँछ ।
महिला भएर होइन मानव भएर कर्तव्य गर्नुपर्छ भन्ने उनको दर्शन. विवाह नगरी आफ्नो जीवन विद्यार्थी, समाज र राष्ट्रका लागि समर्पित गरेर नारीत्वको साहस, संकल्प र समपर्णको वलियो शिला प्रयोग गरि जग वसालिन ।
रीता न्यौपानेको जीवन स्वय् परिवर्तनको पाठशाला हो परिर्वतन आफैबाट गरिनुपर्छ र त्यसका लागि आकास पाताल एकै गरेर भएपनि सहि काम फत्ते गरिनुपर्छ भन्नेकुरोले उनमा समाजप्रति उत्तरदायित्वको भावना, जनताप्रति समपर्णको संस्कार, संवेदना, सेवा सिकायो जसले उनको मनलाई सरकारी जागिर भन्दा टाढा वनाइदियो । उनको विचारमा सपना हिंडेर आउदैन्, आफूले हिडेर पुर्याउनुपर्छ भन्ने थियो त्यसैले जीवनमा बुबाले सरकारी जागिर वा भनेको एउटा कुरा नटेरेकोमा मन पनि दुखाउँछिन ।
रीता न्यौपाने यो युगको एक आवश्यक विश्वविद्यालय हुन जहाँ निष्ठा, मेहनत, संघर्ष र साहसका पाठहरु पढन सकिन्छ । आफुले गलती गरे बच्चाहरुसँग पनि सहजै झुक्ने रौता आफ्नो गलती छैन भने दुनियाँ एकापटि अति आफू एक्लै एकापटि भएपनि आफ्नो स्वभिमानमा आँच आउन नदिने आत्मसम्मानकी प्रणेता नै हुन ।
विदेशको हिरामा भन्दा स्वदेशको कोइलामा आफ्नो भविष्यको फूल फुलाउन खोज्ने रीता सानैदेखि अभाव दभाव प्रभाव सवै झेलेर क्रान्तिकारी, विद्रोही, अध्ययनशिल र विचारशिल कठोर त्यागी, स्पाट विचार, दृढ अडान जस्ता गुणहरुले गुठ भरिपुर्ण थिइन समाजका अनेको विभेदहरु आफ्ना आँखाले झेलेकी उनी २०५१ मा Communist आदोलन प्रति आकर्षित भइन । सत्ता भन्दा सेवको धारणाले त्यस आन्दोलनमा जोडिएकी उनले २०५८ वाट नेकपा एमालेको संगठित सदस्य लिई पार्टी प्रति अटुट निष्ठा, विचार र आदर्शमा समर्पित भई सतत योगदान दिरहिन । अध्ययन पेशागत जीवन र समाजसेवामा आफूलाई अगाडि डोहोरयाउदै राजनिती भन्दा पनि मुल्य दर्शन र परिवर्तनको प्रतिवद्धता बोकि उणाडि बढिन ।
देशमा संघियता लागु भएको पछिको पहिलो स्थानिय निवार्चनमा समाजमा देखिएको उनको सक्रियता, समपर्ण र पार्टीप्रतिको दृढतालाई मुल्याङ्न गर्दै नेकपा एमालेले उनलाई बुढीगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवारको रुपमा अगाडि सार्यो ।
अत्यन्त झिनो मतले पराजय भएपनि त्यो क्षणले उनलाई हतोत्साहित गर्नुको सट्टा राजनिती र जनसेवाको मार्गमा अम्र गहिरो रुपमा अभिप्रेरित गर्यो । जनताको माया विश्वास र समर्थनको गहिराई महसुस गरेपछि उनले आत्मवल र अठोटका साथ परिवर्तनको यात्रालाई आफ्नो जीवनको ध्येय बनाइन् ।
यसै समर्पण संघर्ष र जनसम्पर्कको जगमा उभिएर उनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा उमेदवार बन्ने हैसियत निर्माण गरिन यी १७७९ मतले पराजित हुनुपर्यो, मतले हारेपनि जनताको हृदयमा ठूलो जित हासिल गरिन । यो चुनावले उनको राजनैतिक परिपक्वता जनआस्था र अग्रगमनको सम्भावनालाई अझ उजागर गरेको छ । अग्रजलाई सम्मान, आफु समानका सँग सहकार्य आफूमा सानालाई प्रेरणा वाड्नसक्ने न्यौपानेको राजनैतिक गर्ने शैली साचिकै अद्वितिय छ ।
'राजनितिमा स्थायी मित्र वा शत्रु हुदैन भन्ने सत्यलाई गहिरो गरि आत्मसात गरेकी उनको मनमा कहिल्यै दिगो इख वा द्वेष राख्न सक्तिनन्। अटल स्वभाव, समावेशी दृष्टिकोण र सेवामुलक भावनाले ओतप्रोत उनी महिला, वालवालिका, जेष्ठ नागरिक देखि युवासम्मको मनमा प्रेरक वनेर अगाडि बढिरहन्छिन ।
राजनितीलाई सेवा, सोच र सिद्धान्तसँग जोडिनुपर्ने मान्यता राख्ने उनी नेतृत्वमा अनुभव भन्दा हेष्यित हैसियत भन्दा चरित्रलाई प्रधान ठान्छिन । वरिष्ठले कनिष्ठलाई अस्वीकार गर्ने प्रवृति मानसिक संकिर्णाताको भएको ठान्ने उनी, परिवर्तनको शुरुवात सोचबाट हुनुपर्छ भन्ने स्पष्ट सन्देश वाड्छिन । प्रतिस्पर्धाको सट्टा सहकार्य, समर्पण, समभाव को रूपमा राजनीतिलाई हेर्ने उनको दृष्टिकोण साच्चिकै प्रेरणादायी छ ।
सानैमा आमाको माया गुमाएकी उनी वालपनमै संसारको कठोर अनुहार चिन्ने वनिन, “यदि भगवान थिए भने मेरी आमालाई किन यति सानेमा लगिदियो, किन बुझेनन् भन्ने पिडा यति गहिरो भयो कि उनका लागि मन्दिर भएपनि भगवान सुन्य भए । हरेक मन्दिर पुग्ने उनी त्यहाँ गएर पनि बा आमालाई नै भगवानको ठाउँमा देख्छिन, त्यसैले पुजापाठमा हैन, मातृ-पितृ सम्झनामा उनको श्रद्धा वस्छ ।
जीवनको हरेक कठिन मोडमा साथ दिने, सम्हाल्ने र सपनाको वाटो देखाउने उनका बा को समनामा उनी कयौंपटक भावुक बन्छिन, उनी जे जाने वनिन, जस्तो सोच र साहस वोकर बढिन यसको श्रेय बुवालाई दिदै आमाले दिएको अस्तित्व बुवाकै कारण अर्थपूर्ण भएको मान्छिन ।
असलमा बुवाआमालाई भगवान मान्ने उनले बुवा-आमा दुवैको अमूल्य स्मृतिमा “चुडाकवि स्मृति प्रतिष्ठान स्थापना गरिन । त्यो प्रतिष्ठान भावनामा हैन कर्ममा बाँचेको छ, जिल्लास्तरीय वादविवाद प्रतियोगिता संचालनवाट सुरु भएको त्यस प्रतिष्ठान प्रति उनको दृष्टि टाढासम्म रहेको छ- प्रदेश हुँदै केन्द्र अनि अन्ततः अन्तराष्ट्रिय स्तर सम्म यो अभियान पुर्याउने अठोट रीताले बोकेकी छन ।
छोराले वर्षेनी श्राद्ध गरेर आमाबुवा सम्झिन्छन भने छोरीले शब्द संकल्प र सिर्जनाले बुवाआमालाई अमर वनाउछन भनेर प्रमाणित गरिरहेकी रीता आँसु होइन उद्देश्य बोकेर र हरेक सफलतासँगै मनभित्र कान्छी छोरी बनेर फुसफुसाउँछिन "बा आमा, तपाईकी छोरीले केहि गरिरहेकोछ तपाइलाई थाहा छ नि है उ कहिल्यै थाक्दिन, रोकिन्न, केहिले छेकिन्न ।
बाहिरी देखावटी कठोर, घमण्डी लाग्ने, भित्र संवेदनशिलताले भरिएकी रीता, जस्को दृष्टिकोणमा दुरदृष्टि छ, सोचमा सामाजिक उत्तरदायित्व छ अनि मनमा राष्ट्रप्रेमको ज्वाला छ । केहि गरुँ, कोह वदलुँ भन्ने हुटहुटीमा जीवन अर्पण गरेकी उनी गतिशिलता र गम्भिरताको अनुपम संयोजन हुन । परिवारको अटुट आधार, साथीहरुको दृढ प्रेरणा, समाजको चेतनशील हस्ती र राष्ट्रका लागि आशा र विश्वासको उज्यालो किरण न्यौपाने त्यो आत्मवल हो, त्यस्तो प्रतिवद्धता हो जस्को उपस्थितिले मौनतालाई पनि आवाज दिन सक्छ, अनि जसका सपनाले भविश्यका नक्सा कोने सक्छ ।
मेरा सिद्धान्तहरू
रीता न्यौपानेको राजनीतिक यात्रा केवल पद प्राप्त गर्ने आकांक्षा मात्र होइन, समाजको सेवा गर्ने अटुट संकल्प हो। उनको नेतृत्व निम्न सिद्धान्तहरूमा आधारित छ