• Biratnagar, Morang, Nepal

About Us

" परिचय "

धेरै जसो जीवनहरु समयसँगै बग्छन, तर केहि जीवनहरु समयलाई नै मेडिदिन्छन, एक उज्यालो दिप जस्तै जसले आफू जलेर अरुका सपना उज्यालो वनाउँछन, त्यस्तै विरल मान्छेको सुचीमा अंकित नाम हो रीता न्यौपाने, जो एक कुषल व्यवस्थापक, शिक्षक, निर्भिक समाजसेवी, अडिग राजनीतिज्ञ र नारी सशक्तिकरण को जीवीत प्रतिक हुन । सपनाहरु धेरैले देख्छन तर आफ्ना सपना अरुको जीवनमा साकार पार्न सक्ने थोरै मात्र हुन्छन त्यसतै थोरै मध्ये ए...

Discover More

मेरा सिद्धान्तहरू

रीता न्यौपानेको राजनीतिक यात्रा केवल पद प्राप्त गर्ने आकांक्षा मात्र होइन, समाजको सेवा गर्ने अटुट संकल्प हो। उनको नेतृत्व निम्न सिद्धान्तहरूमा आधारित छ

समाजका हरेक वर्ग, विशेषगरी महिलाहरू, युवाहरू, दलित, जनजाति, र सीमान्तकृत समुदायहरूका लागि समान अवसर सुनिश्चित गर्नुपर्छ। समावेशी विकास नै समृद्ध राष्ट्र निर्माणको आधार हो।

गुणस्तरीय शिक्षा मात्र होइन, व्यावसायिक सीपयुक्त शिक्षा आवश्यक छ। प्रत्येक बालकले शिक्षा प्राप्त गर्न पाउनुपर्छ, जसले उनीहरूको भविष्य उज्ज्वल बनाउनेछ।

राजनीति भ्रष्टाचारमुक्त, पारदर्शी, र जनता प्रति उत्तरदायी हुनुपर्छ। सुशासन बिना लोकतन्त्र कमजोर हुन्छ।

मलाई किन रोज्ने?

पारदर्शी र इमानदार नेतृत्व

हामी भ्रष्टाचारमुक्त, उत्तरदायी, र पारदर्शी शासन प्रणाली सुनिश्चित गर्दै हरेक नीति र कार्यक्रम जनताको भलाइका लागि कार्यान्वयन गर्छौं।

समावेशीता र समान अवसर

जात, धर्म, लिंग, वर्ग वा क्षेत्रका आधारमा कुनै भेदभाव नगरि सबै नागरिकलाई समान अवसर, सम्मान, र सहभागिता सुनिश्चित गर्छौं।

शिक्षा, स्वास्थ्य, र रोजगारीमा सुधार

गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, र स्वदेशमै रोजगार सिर्जना गर्दै हरेक नागरिकको जीवनस्तर उकास्न केन्द्रित छौं।

service-avater-image

महिला सशक्तिकरण र युवा नेतृत्व

महिलाहरूलाई आर्थिक, सामाजिक, र राजनीतिक रूपमा सशक्त बनाउँदै, युवाहरूलाई नेतृत्वमा ल्याउन विशेष कार्यक्रमहरू अघि सार्छौं।

दिगो विकास र वातावरण संरक्षण

स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै वातावरणमैत्री र दिगो विकासका नीतिहरू कार्यान्वयन गर्छौं।

जनताको प्रत्यक्ष सहभागिता र सुशासन

जनताको आवाज सुन्ने, नीति निर्माणमा सहभागी गराउने, र हरेक निर्णयमा पारदर्शिता कायम राख्दै सुशासन स्थापित गर्न प्रतिबद्ध छौं।